म्यानमारको शासन सेनाको हातमा, एक वर्षका लागि संकटकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

म्यानमारको शासन सेनाको हातमा, एक वर्षका लागि संकटकाल घोषणा

एजेन्सी, १९ माघ । म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ । सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो ।

गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । आजै बिहान स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ ।

घोषण पूर्व म्यानमारको सेनाले नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिइसकेको छ । नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने सञ्चार सम्पर्क बिच्छेद गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी एनएलडीले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो । सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);