म्यानमारकी नेतृआङ सान सुकी सेनाको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

म्यानमारकी नेतृआङ सान सुकी सेनाको नियन्त्रणमा

एजेन्सी, १९ माघ । म्यानमारकी नेतृ आङ सान सूकीलाई त्यहाँको सेनाले नियन्त्रणमा लिएको छ । सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी एनएलडीकि नेतृ सूकीलाई सेनाले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सेना र सरकारबीच तनाव चलिरहेका बेला सूकीलाई नियन्त्रणमा लिइएको हो ।

गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको दलले धेरै सिटमा जित हासिल गर्दा आर्मीको दलले यसलाई धाँधली भएको आरोप लगाउँदै आएको थियो । म्यान्मारमा सुकीको दलले जित्नुअघि पनि सैनिक सरकार लागू थियो ।

यसअघि सुकी कैयौं वर्षहरु नजरबन्दमै बस्नुभएको थियो । तल्लो सदनको बैठक सोमवारका लागि पहिलोपटक बोलाइएको बेला सुकीलाई नियन्त्रणमा लिइएको हो । सेनाले बैठक सार्नका लागि दबाव दिइरहेको थियो ।

सुकीलाई नियन्त्रणमा लिएसँगै अहिले राजधानी याङ्गुनका सहरका सडकमा बाक्लो रुपमा सेना तैथान गरिएको बताइएको छ भने प्रमुख सहरहरुमा टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध भएको छ । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि उनीहरुकै घरबाट नियन्त्रणमा लिइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);