कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीन प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीन प्रस्थान

WHO

एजेन्सी, २७ असार । कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली चीन पुगेको छ । डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले विशेषज्ञको एक टोली शुक्रबार चीन प्रस्थान गरेको बताउनुभएको हो । उहाँका अनुसार यस टोलीले चीनमा कोरोना भाइरसको उत्पत्तिको सम्बन्धबारे अनुसन्धान गर्नेछ ।

टोलीमा पशु विज्ञान र महामारीका विज्ञहरु छन् । उक्त टोलीले चिनियाँ वैज्ञानिकसँग मिलेर काम गर्ने बताइएको छ । चीनबाट सन् २०१९ को डिसेम्बर अन्तिबाट सुरु भएको नोभेल कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ ।

यस महामारीको उत्पत्तिमा चीनको हात रहेको भन्दै चर्को आलोचना भएपछि यसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीन प्रस्थान गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);