इमिरेट्स एयरद्वारा ९ हजार कर्मचारी कटौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

इमिरेट्स एयरद्वारा ९ हजार कर्मचारी कटौती

एजेन्सी, २७ असार । संयुक्त अरब इमिरेट्सको इमिरेट्स एयरले ९ हजार कर्मचारी कटौती गर्ने भएको छ । कोरोना भाइरस महामारीका कारण ब्यापारमा असर परेको भन्दै इमिरेट्स एयरले ९ हजार कर्मचारी कटौती गर्ने भएको हो ।

कोरोना भाइरस महामारी भन्दा अघि हाल सम्मकै उच्च नाफाको अवस्थामा रहेको कम्पनी एक्कासी घाटाका कारण कर्मचारीको कटौती गर्नुपर्ने अवस्थामा पुगेको इमिरेट्सका अध्यक्ष टिम क्लार्कले बताउनुभएको छ ।

विश्वको सबैभन्दा लामो दुरीको यात्रा गर्ने मध्येको एक इमिरेट्समा ६० हजार कर्मचारी छन् । कुल १५ प्रतिशत कर्मचारी कटौती गर्नुपर्ने अवस्था रहेको इमिरेट्स एयरले जनाएको छ । कोरोना भाइरस महामारीका कारण विश्वको एयरलाइन्स उद्योग अत्यन्त प्रभावित भएको छ ।

विश्वका २ सय ९० वटा एयरलाइन्सको छाता संगठन अन्तर्राष्ट्रिय हवाइ यातायात संघले सन २०२० मा अहिलेसम्म ८४ अर्ब अमेरिकी डलरको नोक्सानी भइसकेको र करिब १० लाख कर्मचारी कटौती गरिएको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);