किन गरियो सिंहदरबारका ६ सय कर्मचारी कटौती ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

किन गरियो सिंहदरबारका ६ सय कर्मचारी कटौती ?

karmachari

काठमाडौं, १६ चैत । सरकारले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्र रहेका २१ मन्त्रालयबाट ६ सय २१ कर्मचारी दरबन्दी कटौती गरेको छ ।

मन्त्रिपरिषदको बुधबारको बैठकद्धारा पारित प्रस्तावअनुसार २१ मन्त्रालयमा कर्मचारी दरबन्दी संख्या २ हजार ६ सय ५२ कायम गरिएको हो । यसअघि ती सबै मन्त्रालयमा गरी कर्मचारी दरबन्दी संख्या ३ हजार २ सय ६४ थियो ।

कटौती भएको दरबन्दीमध्ये खरिदार र सुब्बाको संख्या दुई सय हाराहारीमा छ । समाचारमा लेखिएको छ, श्रेणीविहीन, कार्यालय सहयोगी, सवारी चालकको दरबन्दी पनि कटौती गरिएको छ । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

ताजा समाचार