मन्त्रालयको संख्या घटाइएसँगै केन्द्रमा कर्मचारीको दरबन्दी १८ प्रतिशत कटौती | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मन्त्रालयको संख्या घटाइएसँगै केन्द्रमा कर्मचारीको दरबन्दी १८ प्रतिशत कटौती

karmachari

काठमाडौं, १५ चैत । सरकारले स्थानीय तहमा ५७ हजार ३ सय ५४ कर्मचारी खटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत गरी ७ सय ५३ स्थानीय तह र ७७ वटा जिल्ला समन्वय समितिमा ५७ हजार ३ सय ५४ कर्मचारी खटाउने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले स्थानीय तहमा प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३ सय ५४ कर्मचारीको दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाइएसँगै केन्द्रमा कर्मचारीको दरबन्दी १८ दशमलव ५९ प्रतिशतले कटौती गरेको छ । बैठकले २१ मन्त्रालयको सांगठनिक संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरी मन्त्रालयहरुमा २ हजार ६ सय ५४ कर्मचारी राख्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रालयहरुमा ३ हजार २ सय ६० कर्मचारीको दरबन्दी थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा उर्जा, जलस्रोत तथा सिंचाइ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कर्मचारीको दरबन्दी बढाइएको छ भने धेरैजसो मन्त्रालयको दरबन्दी कटौती गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको दरबन्दी १ सय ९८ बाट बढाएर २ सय ३२ पुर्याइएको छ ।

कर्मचारीको दरबन्दी अर्थ मन्त्रालयमा २ सय ४० बाट १ सय ८६, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा २ सय २७ बाट १ सय ५२, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा ३ सय ३५ बाट १ सय ७९, सहरी विकासमा १ सय २ बाट ७७ र शिक्षामा २ सय २६ बाट १ सय ८७ मा झारिएको छ । रक्षा, परराष्ट्र र कानून मन्त्रालयको दरबन्दी भने यथावत राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);