सुडानका पूर्व राष्ट्रपति बशीरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुडानका पूर्व राष्ट्रपति बशीरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने

sudan-basir

एजेन्सी, २९ माघ । सुडानका पूर्व राष्ट्रपति ओमार अल बशीरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने भएको छ । सुडानमा १७ बर्षअघि गृहयुद्धका बेला लाखौं व्यक्तीको नरसंहार गरेको आरोपमा पूर्वराष्ट्रपति बसिरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

३० बर्षको शासन सत्ताबाट गत अप्रिलमा पदच्यूत भएका बशीर अहिले आर्थिक घोटला तथा भ्रष्टाचार अभियोगमा दुई बर्षको जेल सजाय भोगिरहेका छन् । सुडानको राजनीतिक नेतृत्व बशीरलाई अन्तर्राष्ट्रिय अदालतमा बुझाउन सहमत भएपछि त्यसको तयारी सुरुभएको जनाइएको छ ।

डार्फर द्वन्द्वका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले बशीरलाई यसअघि दोषी पनि ठहर गरिसकेको छ । तत्कालीन सैनिक परिषद्ले अन्तराष्ट्रिय फौजदारी अदालतका अभियोगको सामना गर्नका बशीरलाई सुपुर्दगी नगर्ने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);