बंगलादेशमा डुंगा दुर्घटना हुँदा १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बंगलादेशमा डुंगा दुर्घटना हुँदा १४ जनाको मृत्यु

bangladesh dunga durghatana

एजेन्सी, २९ माघ । बंगलादेशको दक्षिण भागमा रहेको समुन्द्रमा भएको एक डुंगा दुर्घटनामा परी १४ जनाको मृत्यु हुनुका साथै दर्जनौं वेपत्ता भएका छन् ।  रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुंगामा १३० व्यक्ति सवार रहेका जनाइएको छ ।

बंगालको खाडी पार गरेर मलेसियातर्फ गइरहेको सो डुंगा दुर्घटना भएको तटीय गार्डका प्रवक्ता हमीदुल इस्लामले जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यस दुर्घटनाबाट करिब ७० व्यक्तिलाई जीवितै उद्धार गरिएको बताइएको छ । ५० जना क्षमताको डुंगामा क्षमताभन्दा धेरै यात्रु बोकेका कारण डुंगा डुबेको हुनसक्ने बंगलादेशी अधिकारीको आशंका छ । मारिनेमा महिला र बालबालिका समेत छन् ।

सन् २०१७ मा म्यान्मारको सेनाले मुसलमान धर्मावलम्बी रोहिङ्ग्या जनजातीलाई लक्षित गरी कारवाही चलाएपछि लाखौं रोहिङ्ग्याहरु हाल बंगलादेशमा शरणार्थीका रुपमा बसोबास गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);