लिबियामा आप्रवासी कामदार सवार डुंगा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

लिबियामा आप्रवासी कामदार सवार डुंगा दुर्घटना

dunga accident

एजेन्सी, १७ असार । लिबियामा  २५ जना आप्रवासी कामदार सवार डुंगा डुबेको छ । डुंगा डुब्दा बेपत्ता भएका एक सयभन्दा बढी आप्रवासीको मृत्यु भएको आशंका गरिएको छ ।

बेपत्ता भएकामध्ये दुई शिशु र तीन बालबालिका १२ बर्षमुनिका रहेका जनाइएको छ । सामुद्रिक क्षेत्रमा भएको डुंगा दुर्घटनामा परी निधन भएका तीन जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । लिबियाको नौसेनाका प्रवक्ता अयूब कासेमले डुंगामा करिब १ सय २५ जना सवार रहेकामा १६ जनाको उद्धार गरिएको जनाएका छन् ।

डुंगामा मोरक्को र यमनका नागरिकहरू सवार रहेको बताइएको छ । राजधानी त्रिपोलीदेखि पूर्वतर्फ पर्ने गाराबौलीबाट गन्तव्यतर्फ प्रस्थान गरेको केहीबेरमै अकस्मात आगलागी भइ डुंगा दुर्घटना भएको बताइएको छ । रबरको डुंगामा क्षमताभन्दा बढी मानिस चढेकाले डुबेको अधिकारीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);