अमेरिकामा आप्रवास सम्बन्धी नीतिको विरोधमा देशभर प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अमेरिकामा आप्रवास सम्बन्धी नीतिको विरोधमा देशभर प्रदर्शन

donald trump

एजेन्सी, १७ असार । राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकाभर प्रदर्शन भएको छ ।

राष्ट्रपति ट्रम्पको आप्रवासी नीतिको विरोधमा भएको प्रदर्शनमा प्लेकार्डसहित हजारौंले भाग लिएका छन् । वासिंगटन डीसी, न्युयोर्क लगायत शहरमा प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रदर्शनकारीहरुले विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी गरेको बताइएको छ ।

यसका लागि अमेरिकाका सबै शहरका बासिन्दालाई फेमिली बिलङ टुगेदर भन्ने नाराका साथ एकजुट हुन आह्वान गरिएको छ । आयोजकले सबैलाई सेतो पहिरनका साथ शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् । यसअघि पनि यस्तै प्रदर्शन भएपछि राष्ट्रपति ट्रम्प आफ्नो नीति परिवर्तन गर्न बाध्य भएका थिए ।

मेक्सिकोबाट अमेरिका आएका अवैध आप्रवासीविरुद्ध राष्ट्रपति ट्रम्पले जिरो टोलरेन्स नीति नीति लिएकमा उनीहरुले विरोध जनाएका हुन् । ट्रम्पको जिरो टोलरेन्स नीतिका कारण कारागारमा रहेका अभिभावकका २ हजार बालबालिका अलग हुने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);