मोदी सरकारको विरोधमा सडकमा उत्रिए किसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोदी सरकारको विरोधमा सडकमा उत्रिए किसान

एजेन्सी । भारत सरकारले हालै ल्याएको नयाँ कृषि नीतिको विरोधमा लाखौं कृषकले उत्तर प्रदेशमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा झन्डै पाँच लाख किसानको सहभागिता थियो । किसानले हालै ल्याइएको कृषिसम्बन्धी विवादास्पद कानून फिर्ता गर्न सरकारसँग माग गरेका थिए । सो प्रदर्शन यसअघि गत नोभेम्बरमा अयोजित प्रदर्शन भन्दा पनि विशाल रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रदर्शनका लागि हजारौं किसानलाई बस तथा ट्याक्टर राखेर मुजफ्फानगर पु¥याइएको थियो । कृषिसम्बन्धी नयाँ नियमले किसानले आफ्ना उत्पादन विक्री गर्न सहज पार्ने र उनीहरुलाइ थप स्वतन्त्रता प्रदान गरेको सरकारको दाबी छ । तर, यसले साना किसानलाई ठूला कर्पोरेशनको पहुँचमा पुग्न कठिनाइ भएको आलोचकहरुले बताएका छन् ।

किसानको प्रदर्शनका कारण मुजफ्फरको सडक अस्तव्यस्त बनेको थियो । प्रदर्शनकारीले राजधानी नयाँ दिल्ली जाने सडक अवरोध गरेका थिए । प्रदर्शनलाई अनियन्त्रित हुनबाट जोगाउन सडकमा हजारौ प्रहरी तैनाथ गरिएको थियो । प्रदर्शनपछि आयोजित सभामा किसान नेताहरुले वर्तमान मोदी सरकार किसानविरोधी भएको आरोप लगाएका थिए ।

उत्तर प्रदेशमा आगामी वर्ष विधान सभा निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै जाँदा किसानको प्रदर्शनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई धक्का लाग्ने विश्लेषण हुन थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);