फाइजर खोप लगाउनेको एन्टिबडी ८० प्रतिशत घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

फाइजर खोप लगाउनेको एन्टिबडी ८० प्रतिशत घट्यो

एजेन्सी । कोभिडविरुद्ध लगाइने खोप फाइजरले तयार गर्ने एन्टिबडी ६ महिनापछि ८० प्रतिशतले गिरावट आएको एक पछिल्लो अध्ययनले देखाएको छ । अमेरिकाको नर्सिङ होम र उनीहरुका केयरगिभरमा गरिएको सो अध्ययनले एन्टिबडीको मात्रा घटेको देखाएको हो । 

अमेरिकाको केस वेस्टन रिर्जभ युनिर्भसिटी र ब्राउन युनिर्भसिटीका अनुसन्धानकर्ताले गरेको संयुक्त अध्ययनमा नर्सिङ होमका एक सय २० जना बृद्धबृद्धा र उनीहरुका ९२ जना केयर गिभरको रगत परीक्षणका लागि लिइएको थियो । कोभिडबिरुद्ध शरिरको प्रतिरक्षा मापन गर्न अनुसन्धानकर्ताहरुले विशेषगरी ह्युमोरल इम्युनिटीलाई हेरेका थिए । खोप लगाएको ६ महिनापछि एन्टिबडी तह क्रमिक रुपमा घटेको अध्ययनमा देखिएको थियो । 

यसअघि सोही समूहले गरेको अनुसन्धानमा दोस्रो खोप लगाएको दुई सातापछि बृद्धबृद्धाको एन्डिबडी तह युवाहरुको तुलनामा हवात्तै तल झरेको पाइएको थियो ।

खोप लगाएको ६ महिनापछि नर्सिङ होममा बस्नेमध्ये ७० प्रतिशतको रगतमा कोरोनाभाइरस संक्रमणलाई तटस्थ बनाउने क्षमता एकदमै कमजोर देखिएको प्रयोगशालामा गरिएको परिक्षणमा देखिएको केस वेस्टन रिर्जभ युनिर्भसिटीका प्राध्यापक डेभिड क्यान्डेले बताए  । 

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकोले बृद्धबृद्धालाई बुस्टर डोज आवश्यक पर्ने भन्ने अमेरिकी रोग नियन्त्रण केन्द्रको भनाईलाई आफ्नो अध्ययनले समर्थन गरेको समेत उनले बताए । डेल्टा भेरिअन्ट फैलिएसँगै बुस्टर डोज आवश्यक भएको उनको भनाइ थियो । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);