आफ्ना सर्वोच्च नेता हिब्तुल्लाह अखुन्दजादा जिवितै रहेको र चाँडै सार्वजनिक हुने तालिबानको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आफ्ना सर्वोच्च नेता हिब्तुल्लाह अखुन्दजादा जिवितै रहेको र चाँडै सार्वजनिक हुने तालिबानको दावी

एजेन्सी । तालिबानले आफ्ना सर्वोच्च नेता हिब्तुल्लाह अखुन्दजादा जिवितै रहेको र चाँडै सार्वजनिक हुने दावी गरेको छ । तालिबानको सर्वोच्च नेता अखुन्जादाका बारेमा विश्व कै चासो बढी रहेको बेला तालिवानले उक्त दावि गरेको हो । सन् २०१६ मा तालिबानका सर्वोच्च कमाण्डर बनेका अखुन्जादा ६० वर्ष नाघेको जनाइएको छ ।

अखुन्दजादा तालिबानको राजनीतिक, सैन्य र धार्मिक विषयका इन्जार्च मानिन्छन । यसैबीच, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान महिलाले शरिया अर्थात् इस्लामी कानुन अनुसार अधिकार पाउने फेरि दोहो¥एका छन ।

एक गर्भवती महिला प्रहरीलाई निर्ममतापूर्वक हत्या गरेको आरोप लागे लगत्तै गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता मुजाहिदले महिला हाम्रो समाजको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरे। प्रवक्ता मुजाहिदले पञ्जशीर प्रान्तमा तालिबानले कब्जा गरेको दावी गर्दै विरोधी नेताको कुनै पत्तो नरहेको बताए ।

पञ्जशीर प्रान्तमा तालिवानको प्रतिकार गरिरहनु भएका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह अफगानिस्तान छाडेर ताजिकिस्तान भागेको तालिबानको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);