अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा

काबुल। तालिबानले महिलासहित २७ जना अफगानीहरूलाई ठूलो भीडको अगाडि कोर्रा लगाएको छ। गत वर्ष सत्तामा फर्किएपछि पहिलो पटक एक दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक दिनपछि सार्वजनिक रुपमा कोर्रा दिइएको हो।

उनीहरूका मुख्य प्रवक्ताले सार्वजनिक सजायको अन्तर्राष्ट्रिय आलोचनालाई इस्लामको सम्मानको कमी भने। पहिलो पटक सत्तामा रहँदा कठोर शासनका लागि कुख्याती कमाएका तालिबानले नरम अप्नाउने बाचा गरे पनि तालिबानले बिस्तारै इस्लामिक कानुन वा सारिया कानुनको पुनः व्याख्या गरेका छन् ।

मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आलोचनाले मुस्लिमहरूको विश्वास, कानुन र आन्तरिक मामिलाहरूको सम्मान नगर्ने बताए । एक विज्ञप्तिमा सर्वोच्च अदालतले राजधानी काबुलबाट करिब ५० किलोमिटर (३२ माईल) उत्तरमा परवान प्रान्तको राजधानी चारिकारमा बिहीबार २७ ‘अपराधीहरू’लाई कोर्रा लगाएको बताएको छ।

Leave a Reply

ताजा समाचार