क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

काठमाडौं। गोलकिपर डोमिनिक लिभाकोभिचले लगातार पेनाल्टी सुट आउटमा चम्किएपछि क्रोएसियाका कतार फिफा विश्वकप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ। क्रोएसियाले क्रोएसिया पाँच पटकको पूर्व विजेता ब्राजिललाई ४–२ ले हराउँदै अन्तिम चार पुग्न सफल भएको हो।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको खेलको अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेका थिए । यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

लिभाकोभिचले ब्राजिलका रोड्रिगोको प्रहार रोकेका थिए । यसैगरी मार्किन्होले प्रहार गरेको बल पोलमा ठोकिएको थियो । ब्राजिलको लागि कासेमिरो र पेड्रोले गोल गरेका थिए ।

क्रोएसियाका तर्फबाट निकोला भ्लासिच, लेभ्रो मायर, कप्तान लुका मोडरिच र मिस्लाभ ओर्सिचले पेनाल्टीमा गोल गरेका थिए ।

Leave a Reply