अफगानिस्तानमा गुरुद्वारानजिक दुई शक्तिशाली विस्फोट  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानिस्तानमा गुरुद्वारानजिक दुई शक्तिशाली विस्फोट 

काबुल। अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट  भएका छन्। विष्फोट गुरुद्वारा नजिकै भएको थियो।

काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसंख्या भएको र धेरै मानिसको मृत्यु हुने आशंका गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। उक्त क्षेत्रमा धेरै बन्दुकको आवाजसमेत सुनिएको विवरणहरुमा जनाइएको छ । विस्फोटको समयमा गुरुद्वारामा धेरै भक्तहरू थिए । विस्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ। ‘काबुल सहरको कार्ते परवान क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । यस घटनाको प्रकृति र हताहतीको विवरण सार्वजनिक हुन बाँकी छ ’ अफगानिस्तानको टोलो न्यूजले ट्वीट गरेको छ।

गत १५ अगस्टमा तालिबानको सत्तारोहणपछि पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएका छैनन्। दोस्रो पटक सत्तामा पुगेपछि तालिबानले महिलाहरुका हक अधिकार कटौती भएका छन्। अधिकार कटौती भएको भन्दै महिलाहरुले राजधानी काबुललगायतका सडकमा विरोध प्रदर्शन गर्दै आएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);