किभमा ड्रोनमार्फत रुसी हमला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

किभमा ड्रोनमार्फत रुसी हमला

किभ। युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ  एन्ड्रिया यरमार्कले बताएका छन् । राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ । विस्फोटको युक्रेनले निन्दा गरेको छ । ‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ, तर विस्फोटले उनीहरूको हतास मानसिकता देखाउँछ’, उनले सामाजिक सञ्जालमा लेखका छन् ।  स्थानीय समयअनुसार सोमबार बिहान  साढे ६ बजेदेखि ७ बजेको अवधिमा विस्फोटहरु भएका थिए । विस्फोट हुनुभन्दा अगाडि हवाई आक्रमणका साइरन बजेका थिए । एउटा विस्फोट सहरका मेयर भिटाली क्लिटस्चोकाले राजधानीको केन्द्रीय सिभचेनकिभस्काई जिल्लामा भएको बताए ।

क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);