अमेरिकाले अफगानिस्तानबाट ५४ सय सेना फिर्ता लैजाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाले अफगानिस्तानबाट ५४ सय सेना फिर्ता लैजाने

us troop withdrawal

एजेन्सी, १७ भदौ । संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँगको ’सैद्धान्तिक सहमति’को एउटा हिस्साको रूपमा ५४ सय सेना फिर्ता लैजाने भएको छ ।

अमेरिकाले सेना फिर्ता लैजाने सहमति भए पछि सहमतिका रणनीतिकार जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन् । तर उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताएका छन् ।

अन्तर्वार्ता प्रसारण भएपछि राजधानी काबुलमा एउटा ठूलो विस्फोट भएको छ । तालिबान समूहले हमलापछाडि आफ्नो हात रहेको जनाएको छ । विस्फोटमा कम्तीमा पाँचजना सर्वसाधारण मारिएका छन् भने धेरै घाइते भएका छन् । अफगान फौजलाई लक्षित गरी आक्रमण गरेको तालिबानले जनाएको छ ।

सैनिक फिर्ता पछि तालिबानले अमेरिका विरुद्ध आक्रमण गर्नेहरूका लागि आगामी दिनमा अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गर्नेछ । सहमति अनुसार शर्तहरूको पालना गरिए १३५ दिनभित्र फिर्ता हुने खलिलजादलले बताएका छन् ।

हाल अफगानिस्तानमा १४ हजार अमेरिकी सैनिक रहेका छन् । तर अफगान राष्ट्रपति अशरफ गनीले भने कुनै धारणा बनाउनुअघि सम्झौताको अध्ययन गर्नुपर्ने बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);