ट्रम्पले वार्ता स्थापित गर्न चाहेमा तालिबान तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ट्रम्पले वार्ता स्थापित गर्न चाहेमा तालिबान तयार

taliban

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता स्थापित गर्न चाहेमा आफ्नो तर्फबाट ढोका खुला नै रहेको तालिबानले जनाएकोे छ । तालिबानको तर्फका वार्ता प्रमुख शर मोहम्मद अब्बास स्तानिक्जाइले वार्ता नै आफगानिस्तानमा शान्ति स्थापनाको एक मात्र माध्यम रहेकोमा जोड दिएका छन् ।

ट्रम्पले गत हप्ता अफगान तालिबानसँगको वार्ता अन्त्य भएको बताएका थिए । सेप्टेम्बरको सुरुमा अमेरिका र तालिबानले विभिन्न चरणमा भएको वार्तामा सहमतिमा पुगेको र त्यसमा अन्तिम सम्झौताको तयारी भएको बताएका थिए । सो सहमतिले अफगानिस्तानमा १८ वर्षदेखि जारी हिंसा अन्त्य गर्ने अपेक्षा गरिएको थियो । सहमति अनुसार नै अमेरिकी राष्ट्रपति ट्रम्पले सेप्टेम्बर ८ मा तालिबानका शीर्ष नेता तथा अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीसँग क्याम्प डेविडमा भेटवार्ता गर्ने तयारी भएको थियो ।

तर, तालिबानले अफगानिस्तानको राजधानी काबुलमा सेप्टेम्बर ६ मा गरेको आक्रमणमा उक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भयो । त्यसको प्रक्रिया स्वरुप राष्ट्रपति ट्रम्पले वार्ता टुटेको घोषणा गरे र तय भएको भेट पनि रद्द गरे । गएको मंगलबार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले वक्तव्य जारी गरेर तालिबान वार्ता तथा शान्तिका लागि प्रतिबद्ध रहेको कुरा स्पष्ट रुपमा महसुस हुने गरी देखाउनु पर्ने बताएका थिए । तर तालिबान नेता शर मोहम्मद अब्बासले आफ्नो तर्फबाट कुनै पनि किसिमको गलत काम नभएको दाबी गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);