जम्मू कश्मीर मुद्दाबारे ट्रम्पले गरे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग वार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जम्मू कश्मीर मुद्दाबारे ट्रम्पले गरे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग वार्ता

trump-modi-khan

एजेन्सी, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू कश्मीर मुद्दाबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् ।

उनीहरुबीच द्विपक्षीय र क्षेत्रीय मुद्दाबारे कुराकानी भएको हो । ट्रम्पले परिस्थिति अप्ठ्यारो भए पनि सकारात्मक कुराकानी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पसँग गरिएको यो वार्तालाई अर्थपूर्ण मानिएको छ । किनभने जम्मू कश्मीर मुद्दा संयुक्त राष्ट्रसंघको राष्ट्रिय सुरक्षा परिषदमा पुगिसकेको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणमा ट्रम्पले कश्मीर मुद्दामा अमेरिका मध्यस्थ कर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताएका थिए । तर मोदीले त्यसलाई नकार्दै पाकिस्तानसँग मात्र वार्ता गर्ने बताएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अफिसियल ट्वीटरबाट ट्रम्पसँग आधा घण्टा टेलिफोन वार्ता भएको जानकारी दिइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);