पाकिस्तानी प्रधानमन्त्री र ट्रम्पबीच भेटवार्ता, काश्मिरका विषयमा ट्रम्पको प्रतिक्रिया गलत भएको भारतको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाकिस्तानी प्रधानमन्त्री र ट्रम्पबीच भेटवार्ता, काश्मिरका विषयमा ट्रम्पको प्रतिक्रिया गलत भएको भारतको आरोप

imran khan-trump

एजेन्सी, ७ साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ ।

अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा ट्रम्पले भारत र पाकिस्तानबीच लामो समय यता चलिरहेको काश्मिर मुद्दा सम्बन्धमा प्रमुख प्राथमिकताका साथ चासो राखेका जनाइएको छ ।

भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिर मुद्दामा मध्यस्थता गरिदिन आफूलाई आग्रह गरेको र त्यसका लागि आफू पनि तयार रहेको प्रतिक्रिया दिएका छन् । यद्यपी ट्रम्पकको सो भनाईको भारतले भने खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त पत्रकार सम्मेलनमा दिएको सो प्रतिक्रियाबारे भारत अनविज्ञ रहेको बताएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);