ओली र शहीद खकान अब्बासीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओली र शहीद खकान अब्बासीबीच भेटवार्ता

oli abbasi

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई बधाई दिन सोमबार अपरान्ह काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री अब्बासीले राजनीतिक एवं आर्थिक विषयमा केन्द्रीत रहेर वार्ता गरेका हुन । परराष्ट्र मन्त्रालयले भेटवार्तामा लगानी, व्यापार, पर्यटन, कृषि र मानव संसाधन विकासका विषयमा छलफल भएको बताएको छ । वार्ताका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचनमार्फत नयाँ सरकार आएसँगै नेपालमा राजनीतिक संक्रमण अन्त्य भएको बताए ।

दुई प्रधानमन्त्रीबीच सार्कको १९ औं शिखर सम्मेलनका विषयमा पनि छलफल भएको छ । सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमा हुनुपर्नेमा भारत लगायत मुलुकले सहभागीता जनाउन अस्वीकार गरेका कारण शिखर सम्मेलनको नयाँ मिति नै तय हुन सकेको छैन । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले अध्यक्ष राष्ट्रका नाताले शिखर सम्मेलन आयोजनाको वातावरण बनाउनका लागि भूमिका खेलिदिन ओलीसमक्ष आग्रह गरेको वार्तामा सहभागी स्रोतहरुले बताएका छन् ।

भेटवार्ताका क्रममा अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाई दिंदै पाकिस्तान भ्रमणको निम्तो पनि दिएका थिए । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आज राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।उनि आजै स्वदेश फर्कने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);