पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी काठमाडौंमा

काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी काठमाडौं आइपुगेका छन् । उनी दुईदिने नेपाल भ्रमणको लागि काठमाडौं आएका हुन् ।

३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी काठमाडौं आइपुगेका हुन् । पाकिस्तान एयर फोर्सको विशेष विमानबाट काठमाडौं आएका अब्बासीलाइ अर्थमन्त्री डाक्टर युवराज खतिवडाले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा  स्वागत गरेका छन् ।

अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा गार्ड अफ अनर दिइने छ । यसअघि त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर दिने गरिएकाेमा प्रधानमन्त्री ओलीको निर्देशनमा सैनिक मञ्चमा गार्ड अफ अनर दिने तय गरिएको हो । गार्ड अफ अनरपछि अब्बासी आफू बस्ने होटल ह्यातमा जाने छन् ।

१९ घण्टा नेपालमा रहने क्रममा अब्बासीले प्रधानमन्त्री ओलीसँग वार्ता गर्ने कार्यक्रम छ । वार्ताका क्रममा १९ औं सार्क शिखर सम्मेलनको आयोजनाका विषयमा छलफल गर्ने बताइएको छ ।

पाकिस्तानी दूतावासले दुईपक्षीय वार्तामा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत विषयमा छलफल हुने बताएको छ । प्रधानमन्त्री ओलीले वार्तामा पूर्वप्रधानमन्त्री र राजनीतिक उच्च नेतालाई पनि बोलाएका छन् ।

ओलीले अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिने छन् । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले  स्वदेश फर्कनुअघि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);