भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'गार्ड अफ अनर' प्रदान | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । नेपाली सेनाको सैन्य टुकडीबाट ‘गार्ड अफ अनर’को सम्मान दिइएको हो ।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने मोदी दोस्रो विदेशी प्रधानमन्त्री हुन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई गत फागुन २१ गते ‘गार्ड अफ अनर’को सम्मान दिइएको थियो । विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै ‘गार्ड अफ अनर’ दिने प्रचलन थियो ।

तर, वर्तमान सरकारले टुँडिखेलमा सम्मान दिने प्रचलन सुरू गरेको हो । सैनिक मञ्चमा मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू लगायतको उपस्थितिमा मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);