मोदीको भ्रमणले धार्मिक स्थलको पर्यटन पर्वद्धनमा टेवा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मोदीको भ्रमणले धार्मिक स्थलको पर्यटन पर्वद्धनमा टेवा

modi tika

तेजना पण्डित

काठमाडौँ । धार्मीक, पर्यटकीय भनिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा निकै टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तराईको प्रसिद्ध धार्मीक नगरी जनकपुरदेखि हिमालको सुप्रसिद्ध मुक्तिनाथसम्मको मोदी यात्रालाई लिएर पर्यटन व्यवसायी उत्साहित बनेका छन् । संस्कृति विदहरुले पनि नेपालका पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय प्रचारमा मोदीको भ्रमण महत्वपूर्ण हुने बताएका छन् ।

दुईदिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण जनकपुस्थित जानकी मन्दीरबाट सुरु भएको छ । त्यसपछि मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गर्ने मोदीको तालिकामा छ ।

भारतको कार्यकारी प्रमुखले नेपाली तीर्थस्थललाई दिएको यो महत्वले धार्मिक तथा पर्यटकीय क्षेत्रमा सुखद सन्देश प्रवाह गरेको व्यवसायहिरुले बताएका छन् । पर्यटकीय हिसाबले विश्वका चर्चित देश मध्यमै पर्ने नेपालको धार्मिक पर्यटकीय क्षेत्रबारे त्यति प्रचार हुन सकेको छैन ।

पर्यटनमा अथाह सम्भावना बोकेको नेपालको धार्मीक क्षेत्रमा शक्तिशाली देश भारतका प्रधानमन्त्री पुग्नुलाई निकै महत्वपूर्ण ठान्छन् व्यवसायीहरु । मोदी मुक्तिनाथ पुग्दा विश्वको ध्यान पुग्ने भएकाले पनि भविष्यमा मुक्तिनाथ तथा सिङ्गो अन्नपुर्ण क्षेत्रमा विदेशी पर्यटनको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रबाट नेपालको समृद्धिमा महत्वपूर्ण योगदानको अपेक्षा गरिएको छ । तर, आवश्यक प्रवद्र्धनको अभावले मुलुकको समृद्धिमा पर्यटनको क्षेत्रबाट अपेक्षित योगदान हासिल हुन सकेको छैन ।

नेपालको संस्कृति, सुन्दरता र स्नीग्धतालाई विश्वमा पु-याउन गरिएका प्रयास पनि सार्थक हुन सकेका छैनन् । अहिले मोदीको भ्रमणले त्यस्ता प्रयासलाई थप बल पु-याउने र केही उपलब्धि पनि हात पर्ने संस्कृतिविदहरुको विश्वास छ ।

भारतीयहरुले हिन्दुस्थान भनेर आफ्नो देशलाई भनेपनि नेपाललाई ऋषि तपस्वीहरुको पावन भूमिका रुपमा व्यवाख्या गर्छन् । छिमेकी मुलुकका प्रधानमन्त्रीको यो भ्रमण र उनले दिएको सन्देशले धर्म र संस्कृतिप्रति वेपर्वाह भइरहेका नयाँ पुस्तालाई समेत सचेत गराउन सक्छ ।

यस्तै विश्वका समृद्ध मुलुकमा बस्ने हिन्दुहरुलाई पनि मोदीको भ्रमणले नेपालप्रति आकर्षित गर्न सक्छ । जुन, नेपालको धार्मिक पर्यटनका लागि निकै महत्वपूर्ण हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);