सबै नेपालीको क्षमतालाई मुलुकको विकास र समृद्धिमा लगाउनुपर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सबै नेपालीको क्षमतालाई मुलुकको विकास र समृद्धिमा लगाउनुपर्छ : प्रचण्ड

काठमाडौं, २८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै नेपालीहरुको क्षमतालाई मुलुकको विकास र समृद्धिमा लगाउनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष दाहालले लामो समयको अराजकतापछि मुलुक राजनीतिक स्थायित्वको दिशामा अघि बढेको भन्दै त्यसमा साथ दिन पनि सबैसँग आग्रह गरे । लेखक, कलाकार तथा पर्यटन व्यवसायी राजन सिंखडाद्धारा लिखित ‘हिँडे पुग्छ’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकलाई अघि बढाउने संकल्प सबैले लिने बेला आएको स्पष्ट पारे ।

अध्यक्ष दाहालले लेखक सिंखडाले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउने प्रेरणा दिने खालको पुस्तक प्रकाशित गरेको भन्दै आभार व्यक्त गरे ।

अध्यक्ष दाहालले मुलुकको संकल्प आर्थिक समृद्धि भएको र त्यसलाई दृढतापूर्वक अघि बढाउन पुस्तकले प्रेरित गर्ने विश्वास व्यक्त गरे । पुस्तकमा पर्यटन क्षेत्रको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सकिने आत्मविश्वास जगाउने प्रयास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);