सातै जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सातै जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

kp oli

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको साझा संकल्पमा इमान्दारिताका साथ लागेका मन्त्री अधिकारीसहित हेलिप्कोटर दुर्घटनामा परी निधन भएका सातै जनाको परिवारको अवस्थाबारे अध्ययन भईरहेको उल्लेख गर्दै छिट्टै आवश्यक आर्थिक सहायता उपलब्ध गराउने बताए ।

बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम बोल्दै उनले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र समृद्धिको अभियानमा इमान्दार प्रयास गरेका मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालगायतको निधनबाट सिंगो मुलुक मर्माहत भएको उल्लेख गर्दै उनीहरुले अघि बढाएको राष्ट्र निर्माणको बाँकि कामलाई बाँचेकाहरुले पूरा गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले मन्त्रीको रुपमा एक वर्षमा कसैले पनि उपेक्षा गर्न नसक्नेगरी असाधारण काम गरेको स्मरण गरे ।

उनले नेपालको पर्यटन, संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा रविन्द्र अधिकारीले मन्त्रीको रुपमा निर्वाह गरेको भूमिका अविष्मरणीय रहिरहने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री अधिकारीलाई नेपालको कम्युनिष्ट आन्दोलनको अभियन्ता र ६ दशक लामो नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धाको रुपमा चित्रण गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री रविन्द्र अधिकारी र पूर्व मन्त्री भरतमोहन अधिकारीको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै शोकलाई शक्तिमा बदलेर मुलुक निर्माणको अभियानमा जुटन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

अध्यक्ष दाहालले मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री अधिकारी तथा हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुको अधुरा सपना पूरा गर्न आफू प्रतिवद्ध भएर लाग्ने संकल्प गरे ।

अध्यक्ष दाहालले भरतमोहन अधिकारीलाई निष्ठावान नेताको रुपमा चित्रण गरे भने रविन्द्र अधिकारीलाई मुलुकलाई समृद्ध बनाउन संकल्प लिएका युवा नेताको रुपमा स्मरण गरे ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);