मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइयो

rabindra-adhikari

काठमाडौं, १६ फागुन । ताप्लेजुङको तारेभीरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको छ ।

बिहीबार मौसममा सुधार आएसँगै मन्त्री अधिकारीसहित सातै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट अपरान्ह १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । अहिले सातै जनाको शव पोष्टमार्टमका लागि छुट्टाछुट्टै शव बाहनमा राखेर शिक्षण अस्पताल महाराजगंज पु-याइएको छ ।

यस पछि ती सबै शवलाई सामूहिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । मन्त्री अधिकारीसहितको शव लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका उनले सो घटनाले सिंगो मुलुकलाई नै अत्यन्तै दुःखित बनाएको उल्लेख गर्दै अव त्यस्तो घटना हुन नदिने गरी सो दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारले छानवीन समितिनै गठन गरेको पनि स्पष्ट पारे ।

टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि ती सबै शव अन्त्यष्टिका लागि आफन्तलाई बुझाइनेछ । मन्त्री अधिकारको शव भने शुक्रबार गृह जिल्ला कास्कीमा अन्त्यष्टि गरिने कार्यक्रम तय गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री अधिकारीसहित ७ जनाको शव बुझ्न, उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, गृह सचिव प्रेमकुमार राईलगायतका उपपस्थिति रहेको थियो ।

तेह्रथुमका चिहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको तारेभीरमा हेलिप्कोटर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मन्त्री अधिकारी, यति एयरलाईन्सका प्रबन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंग रक्षक अर्जुनकुमार घिमिरेको निधन भएको थियो । निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);