हेलिकोप्टर दुर्घटनामा निधन भएका ७ जनाको शव काठमाडौं ल्याइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हेलिकोप्टर दुर्घटनामा निधन भएका ७ जनाको शव काठमाडौं ल्याइँदै

helicopter

काठमाडौं, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हेलिकप्टर दर्घटनामा निधन भएकाको शवलाई राजधानी ल्याउनका लागि त्यसतर्फ थप हेलिकोप्टर पठाईएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दुर्घटनाको उद्धारका लागि राजधानीबाट एयर डाइनेस्टिक र सिम्रिक एयरलाईन्सको हेलिकोप्टर त्यसतर्फ गएको जानकारी गराए ।

साथै नेपाली सेनाको दुई हेलिकोप्टर पनि त्यसतर्फ जाँदै गरको उनले जानकारी दिए । उनका अनुसार प्रहरीले सातै जनाको शव फेला पारेको जनाइएको छ ।

उनले पौने १२ बजे पाथिभराको क्षेत्रमा हेलिकोप्टरले रिपोर्ट गरेको र पौने १ बजे सुकेटार टावरलाई भारी हिमपात भएको र उड्न नसक्ने जानकारी गराएको जानकारी दिए । त्यसपछि उडेको हेलिकोप्टर केही बेरमा नै सिस्नेखोलामा दुर्घटनाग्रस्त भएको हो ।

मौसमको प्रतिकुलताको साथै दुर्घटनाग्रस्त स्थल विकट ठाउँ भएकाले उद्धारका लागि समस्या भएको विमानस्थलले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा परि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);