विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, स्थानिय इन्द्रसिंह शेरचनको टिमले उद्वार गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, स्थानिय इन्द्रसिंह शेरचनको टिमले उद्वार गर्दै

काठमाडौं । तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परे पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर भने अझै पनि पठाउन सकिएको छैन । सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ । तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए ।

मौसम खराबीका कारण हेलिकोप्टर जान सक्ने स्थिति नभएपछि पैदलमार्फत सेना पठाइएको उनको भनाइ छ ।  उनका अनुसार ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल पुगेका छन् । त्यहाँ नेपाली सेनासहित फिस्टेल एयरको हेलिकोप्टरबाट समेत उद्वार गरी राखिएको छ । अहिले घटना स्थलमा स्थानिय इन्द्रसिंह शेरचन सहिदको काठमाडौं बाट गएका नेपाल नेशन माउन्टेन गाइड एशोसिएसनका ४ जना नेपाल आर्मी र नेपाल प्रहरीको एक एक जनाको टोलि र स्थानियहरु पुगेर उद्वार गरीरहेका छन् । घटना स्थलमा पुगेका इन्द्र सिंह शेरचनाले जहाजमा आगो नलागेको बताएका छन् । उनका अनुसार केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए । ‘शवहरु गन्दै छौँ । अप्ठेरो ठाउँमा छ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);