अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

काठमाडौं, २३ भदौ । बिहान ७:४० मा गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।

गोरखाको सामागाउँबाट उडेको हेलिकोप्टर आज बिहान ८:१८ बजे काठमाडौँमा ल्याण्ड गरिसक्नु पर्ने थियो । उक्त हेलिकोप्टरमा चालक दलका एक जना सदस्य क्यापटेन निश्चल केसी सहित सात जना सवार थिए ।

नाइन एन ए एल एस कल साइनको अलिटच्युड एयरको हेलिकोप्टर मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडाैं फर्कदै गरेका पर्यटक बोकेको थियाे ।

हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी, छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थललाई उद्धृत गर्दै सामागाउँ प्रहरी चौकीले जनाएको छ

हेलिकोप्टरमा सवार ल्हो आनी डोल्मा भने बाँच्न सफल भएकी छिन् । उनको काठमाडौँ स्थित मेडिसीटी अस्पतालमा उपचार भइरहेको छ । अन्य सबै यात्रु सहित पाइलटकाे मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);