अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

altitude air

काठमाडौं, २३ भदौ । गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कबिहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटमा फेला परेको छ । नुवाकोट नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले बतायो ।

गोरखाको सामागाउँबाट उडेको हेलिकाेप्टर आज बिहान ८:१८ बजे काठमाडौँमा ल्याण्ड गरिसक्नु पर्ने थियो । उक्त हेलिकाेप्टरमा चालक दलका एक जना सदस्य क्यापटेन निश्चल केसी र अन्य सात जना सवार रहेको खुलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);