अपडेट : दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार यात्रुको नामावली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

अपडेट : दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार यात्रुको नामावली

altitude air

काठमाडौं, २३ भदौ । नाइन एन ए एल एस कल साइनको अलिटच्युड एयरको हेलिकोप्टर नुवाकोट र धादिङको सिमाक्षेत्रमा दुर्घटना भएको छ । दुर्घटना भएको हेलिकोप्टरमा पाइलटसहित ७ जना यात्रु रहेको सामागाउँ प्रहरी चौकी गोरखाले जनाएको छ ।

मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडा फर्कदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको बताइएको छ ।सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको त्यो हेलिकप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र म्यागङमा दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थललाई उद्धृत गर्दै सामागाउँ प्रहरी चौकीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);