राष्ट्र निर्माणका लागि शैक्षिक जनशक्तिको भरपुर उपयोग गर्न राष्ट्रपतिको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राष्ट्र निर्माणका लागि शैक्षिक जनशक्तिको भरपुर उपयोग गर्न राष्ट्रपतिको आग्रह

rastrapati bhandari

काठमाडौं, २३ भदौ । राष्ट्रपति विद्या भण्डारीले राष्ट्र निर्माणका लागि शैक्षिक जनशक्तिको भरपुर उपयोग गर्न सरकारलाई आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले सन् २०२२ भित्र मुलकलाई विकासशील राष्ट्र र सन् २०३० भित्र मध्यय आय भएको मुलुक बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न राज्यका सबै निकायलाई सक्रीय हुन पनि आह्वान गरिन् ।

३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शनिबार राष्ट्रपति भवन सितल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै भण्डारीले आधारभूत शिक्षालाई अनिवार्य, माध्यामिक शिक्षालाई निःशुल्क र उच्च शिक्षालाई सर्लशुलभ बनाएर जीवन उपयोगी शिक्षाको उचित प्रबन्ध गर्न ढिलाई गर्न नहुनेमा समेत जोड दिइन् ।

शिक्षाको गुणस्तरमा सुधार ल्याउन समाजका रहेका हरेक आ आफ्नो तहबाट दह्रो अठोट, समन्वय र निरन्तर प्रयत्न गर्नुपर्ने आवश्कता रहेको राष्ट्रपति भण्डारीले बताईन् । उनले श्रम बजारमा बिकाउ हुनेगरी उच्च शैक्षिक जनशक्ति निर्माणका लागि प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिन पनि सम्वद्ध सबै पक्षसँग आग्रह गरिन् ।

समारोहमा राष्ट्रपति भण्डारीले विद्यावारिधि गरेका विद्यार्थीहरुलाई नेपाल विद्याभुषण पदक र उच्च शिक्षा हासिक गरेका छात्राहरुलाई नेपाल छात्रा विद्यापदकद्धारा विभूषित गरेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);