हेलिकाेप्टर दुर्घटनामा परी बाँच्न सफल आनीलाई काठमाडौँ ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हेलिकाेप्टर दुर्घटनामा परी बाँच्न सफल आनीलाई काठमाडौँ ल्याइयो

काठमाडौँ, २३ भदौ । अल्टिच्यूड एयरको हेलिकाेप्टर दुर्घटनामा परी बाँच्न सफल भएकी आनी डोल्मालाई काठमाडौँ ल्याइएको छ । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । प्रतिकूल मौसमका कारण शवहरु भने काठमाडौँ ल्याउन सकिएको छैन ।

बिहान ७:४० मा गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटना भएको थियो । दुर्घटनाग्रस्थ क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।

उक्त हेलिकोप्टरमा चालक दलका एक जना सदस्य क्यापटेन निश्चल केसी सहित सात जना सवार थिए । नाइन एन ए एल एस कल साइनको अलिटच्युड एयरको हेलिकोप्टर मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कदै गरेका पर्यटक बोकेको थियो।

हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी, छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थललाई उद्धृत गर्दै सामागाउँ प्रहरी चौकीले जनाएको छ ।

हेलिकोप्टरमा सवार  अन्य सबै यात्रु सहित पाइलटकाे मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);