दुखद् खबर : पर्यटनमन्त्री अधिकारी सहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

दुखद् खबर : पर्यटनमन्त्री अधिकारी सहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन

काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । ताप्लेजुङको दारेभिरमा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।  हेलिकोप्टरमा आगलागी भएको हुनाले ७ जनाकै मृत्यु भएको छ ।

मन्त्री अधिकारी र पाइलट सहित ७ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि त्यहाँ  गएकाे थियाे ।

बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा डाईनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कने क्रममा दारेभिरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको गृहमन्त्रालयले जनाएको छ । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताईएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुकाे नामावली :

१. रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
२. आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
३. वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
४. अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
५. युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
६. धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
७. हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);