जीवन उपयागी शिक्षामा प्रधानमन्त्रीकाे जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जीवन उपयागी शिक्षामा प्रधानमन्त्रीकाे जोड

pm oli

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गुणस्तरीय शिक्षामा जोड दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले ‘सुःखी नेपाली समृद्ध नेपाल’ बनाउने संकल्प पूरा हुनेगरी सरकारले जीवन उपयागी शिक्षामा जोड दिएको स्पष्ट पारे ।

३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबैलाई समान अवसर र सुरक्षाको प्रत्याभूति हुनेगरी शिक्षाको उचित व्यवस्था गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विश्वमै सर्वश्रेष्ठ नागरिक उत्पादन गर्ने लक्ष्यका लागि सरकारले शिक्षा क्षेत्रलाई अघि बढाउन चाहेको स्पष्ट पारे । कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट विद्यालयहरुलाई सम्मान पनि गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);