हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याइयो

sab in ktm

नुवाकोट, २४ भदौ । नुवाकोटमा शनिबार भएको अल्टिच्युड हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याइएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार ४ वटा हेलिकोप्टरमा ६ जनाको शव काठमाडौं ल्याइएको हो । दुर्गम स्थानमा हेलिकोप्टर दुर्घटनामा परेको हुनाले शव ल्याउन निकै कठिनाइ भएको थियो । रातभर प्रहरी र स्थानीयबासीको सक्रियतामा शव शनिवार बिहान बिदुर ल्याइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिएका छन् ।

हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित सात जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);