सीडीएस बिपिन रावत : आफ्नी श्रीमतीसँग यात्रा गरिरहेका थिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सीडीएस बिपिन रावत : आफ्नी श्रीमतीसँग यात्रा गरिरहेका थिए

एजेन्सी । तमिलनाडुको कुन्नूरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएको छ । उक्त हेलिकप्टरमा रक्षा प्रमुख विपिन रावत पनि उपस्थित थिए । तमिलनाडुमा बुधबार यो गाडी दुर्घटना भएको क्षेत्र पूरै वन क्षेत्र हो। हेलिकप्टर दुर्घटनापछि वरपर धुवाँको मुस्लो उडिरहेको छ । यो MI-17V5 हेलिकप्टर थियो, जसमा CDC बिपिन रावत सहित १४ जना सवार थिए। यीमध्ये दुई जनाको मृत्यु भइसकेको छ । तीनजनाको उद्धार गरिएको छ । भने सबैलाई नजिकैको अस्पतालमा लगिएको छ ।

जानकारीका अनुसार यो हेलिकप्टरमा विपिन रावतसँगै उनकी पत्नी मधुलिका रावत पनि थिइन् । दुर्घटनाग्रस्त हेलिकोप्टरमा विपिन रावत, उनकी श्रीमती, एकजना ब्रिगेडियर दर्जाका अधिकृत, अर्का अधिकृत र दुई जना पाइलट उपस्थित थिए । यहाँ ती व्यक्तिहरूको सूची छ, जो सीडीएस बिपिन रावतसँग दिल्लीबाट सुलुर जाँदै थिए। यद्यपी उक्त हेलिकोप्टरमा कति जना थिए भन्ने यकिन हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);