प्राधिकरण दशौं अर्बको जलविद्युत आयोजनामा लगानी गर्न सक्षम : कुलमान | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

प्राधिकरण दशौं अर्बको जलविद्युत आयोजनामा लगानी गर्न सक्षम : कुलमान

kulman

काठमाडौं, २३ भदौ । नेपाल विद्युत प्राधिकरणले ठूलाठूला आयोजनामा लगानी गर्न सक्षम रहेको दावी गरेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण दशौं अर्बको जलविद्युत आयोजनामा लगानी गर्न सक्षम रहेको बताए ।

उनले यस वर्ष मात्रै प्राधिकरणले डेढ अर्व नाफा आर्जन गरेको उल्लेख गर्दै आगामी दिनमा सो नाफा बढेर जाने स्पष्ट पारे । नेपाल विद्युत प्राधिकरण पूर्व कर्मचारी समाजको तेस्रो वार्षिक साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले संचालन गरेको आयोजनाको काममा ढिलाई हुनुको कारणको खोजी गरि अघि बढ्ने योजना अघि सारे । प्रबन्ध निर्देशक घिसिङले गुणस्तरीय सेवा दिने कामलाई प्राधिकरणले उच्च प्राथमिकता दिएको बताए ।

ताजा समाचार