तत्काल विद्युत महशुल नबढाउने : कुलमान घिसिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तत्काल विद्युत महशुल नबढाउने : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल विद्युत महशुल नबढाउने बताएका छन ।

kulman ghising

काठमाडौं, १० फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल विद्युत महशुल नबढाउने बताएका छन । ललितपुरमा बुधबार आयोजित नेपालमा सूचना प्रविधिको अवस्था र चुनौती विषयक अन्तक्र्रियामा घिसिङले अघिल्लो वर्ष शुल्क बढाउन खोज्दा विरोधको सामना गर्नुपरेको भन्दै तत्काल नबढाइने बताएका हुन ।

आफूले प्राधिकरणलाई सबल र सक्षम बनाउनका लागि १० प्रतिशत विद्युत महशुल बढाउन खोजे पनि त्यसलाई सफल हुन नदिइएको घिसिङको भनाई थियो । जलविद्युत् उत्पादन बढ्दै गएपछि अहिलेकै मूल्य पनि घटाउन सकिने उनले बताए । मूल्य बढाउन नपाएपनि पछिल्लो वर्ष प्राधिकरण नाफामा गएको घिसिङको भनाई छ । १२ अर्ब घाटामा रहेको प्राधिकरणको व्यवस्थापनमा भएको सुधारले नाफामा जान सफल भएको उनले दाबी गरे ।

नेपाली जनतासँग भएको पैसा उर्जा क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदै, भएको पैसाको सदुपयोग र व्यवस्थापनका लागि योजना बनाउने हो भने अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने उनको दाबी छ । बिल तिर्न कै लागि लाइन बस्न पर्ने झन्झट अन्त्य गर्न प्राधिकरणले स्मार्ट विलिङ प्रणालीको सुरुवात गर्न लागेको उनले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);