डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगहरुमाथि कुलमान घिसिङको डण्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगहरुमाथि कुलमान घिसिङको डण्डा

kulman ghising

काठमाडौं,१३ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगहरुको लाइन सामुहिक निर्णयबाट काटिएको स्पष्ट गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा महशुल नतिर्नेहरुको लाइन काटेको स्पष्ट गर्नुभयो । विभिन्न समयमा मन्त्रीपरिषद्को निर्णय, संसदीय समितिको निर्देशन र अदालतको फैसला तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव एवं निर्देशनमा सबैको सहमतिबाट महशुल नतिर्ने उद्योगको विद्युत लाइन काटेको उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले उद्योगहरुले रकम भुक्तानी नगरेपछि अन्तिम विकल्पका रुपमा विद्युत लाइन काटिएको स्पष्ट पार्नुभयो । उहाँले करिव ६१ वटा उद्योगीहरुको ट्रंक लाइन र डेडिकेटेड महशुल बाँकी रहेको बताउनु भयो । जसमध्ये अहिलेसम्म ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्नेहरु ९ वटा उद्योगको लाइन काटेको र बाँकीको क्रमशः लाइन काट्दै जाने स्पष्ट पार्नुभयो ।

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको र यसमध्ये ९ उद्योगको मात्र करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);