मोदीको भ्रमण हुने भएपछि मुस्ताङबासी उत्साहित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

मोदीको भ्रमण हुने भएपछि मुस्ताङबासी उत्साहित

मुस्ताङ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने भएपछि मुक्तिनाथबासी उत्साहित भएका छन् । मोदीको भ्रमणले मुक्तिनाथ मन्दीरको प्रवद्र्धन हुनुका साथै समग्र मुस्ताङ जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने भन्दै स्थानीय उत्साहित भएका हुन् । मोदीको भ्रमणका क्रममा मुस्ताङको सुरक्षा व्यवस्था पनि अत्यन्तै कडा पारिएको छ ।

बिकट हिमाली जिल्ला मुस्ताङमा रहेको मुक्तिनाथ क्षेत्रको भ्रमणमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि मुस्ताङबासी उत्साहित भएका हुन् ।

मुताङ जिल्लाको वाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको पवित्र तिर्थस्थल मुक्तिनाथ मन्दिरमा शनिबार बिहान भारतीय वायु सेनाको विशेष हेलिकोप्टरबाट भारतीय प्रधानमन्त्री आइपुग्ने छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलले भ्रमणको सम्पुर्ण तयारी पुरा भएको बताए । उनले मोदीको सुरक्षा लगाएत सम्पूर्ण व्यवस्थापनको काम सकिएको र जिल्लाभरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको जानकारी दिए ।

मुक्तिनाथ मन्दिर परिसरमा मोदीको स्वागतका ५ वटा स्वागत गेट निमार्ण गरिएको छ । मन्दिरमा रङ्गरोगन गरी चिटिक्क परीनुका साथै, साजसज्जा र सरसफाइका काम गरिएको छ ।

मोदीसहित आउने भ्रमण टोलीको लागि मन्दिर परिसरमा पाँच वटा हेलिप्याड बनाइएको वाह्रगुङ मुक्तिक्षेत्र गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत दिपकराज रेग्मीले बताए ।

मन्दिरमा मोदिले गर्ने विशेष पूजाअर्चनाका लागि सबै तयारी सकिएको मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताए । भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दीरमा विशेष पुजाअर्चना पश्चात् शनिबार नै काठमाडौं फर्कने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);