मोदीको नेपाल भ्रमण सफल र फलदायी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोदीको नेपाल भ्रमण सफल र फलदायी

modi n kp

पर्सा, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा विभिन्न टिकाटिप्पणी भइरहँदा प्रदेश–२ का अगुवाहरुले भने भ्रमण सफल र फलदायी भएको प्रतिक्रिया दिएका छन् । मोदीको भ्रमणले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा थप उचाइ थपिएको उनीहरुको दाबी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषय अझै सेलाएको छैन । भ्रमणलाई लिएर प्रतिनिधिसभा बैठकमा सांसदहरुबीच आरोप प्रत्यारोप समेत भएको छ । प्रतिपक्ष कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओली मोदीसँग लम्पसार परेको आरोप लगाएका छन् । तर प्रदेश २ का अगुवाहरुले भने मोदीको भ्रमण सफल र फलदायी भएको प्रतिक्रिया दिएका छन् । मोदीको भ्रमणले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा थप उचाई थपिएको उनीहरुको दाबी छ ।

मोदीको भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिको आलोचाना भइरहेको छ । तर प्रदेश सरकाका अर्थमन्त्री विजय यादवले मोदीको भ्रमणले सम्बन्ध प्रगाढ बनेको र प्रदेश सरकारलाई हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।

उद्योगी व्यवसायीले प्रधानमन्त्री मोदीले सडक पारवहन,जलमार्ग, रेलमार्ग, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएकाले समृद्धिमा टेवा पुग्ने विश्वास गरेका छन् । प्रधानमन्त्री मोदी दुई दिने नेपाल भ्रमणका लागि गत शुक्रबार नेपाल आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);