प्रधानमन्त्री ओलीलाई भारत सरकारद्वारा  गार्ड अफ अनरको सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रधानमन्त्री ओलीलाई भारत सरकारद्वारा  गार्ड अफ अनरको सम्मान

pm kp oli

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत सरकारले गार्ड अफ अनरको सम्मान प्रदान गरेको छ ।

राजकीय भ्रमणको सिलसिलामा दुई दिनदेखि नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री ओलीलाई भारत सरकारले राष्ट्रपति भवनमा विशेष समारोह गरेर गार्ड अफ अनरको सम्मान प्रदान गरेको हो । राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । गार्ड अफ अनरका क्रममा नेपाल र भारतका राष्ट्रिय धून बजाइएको थियो ।

गार्ड अफ अनरको सम्मानपछि प्रधानमन्त्री ओलीले संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्याउन आफू भ्रमणमा आएको बताए । उनले दुवै देशका जनताको जीवनस्तर उकास्नका लागि आपसमा मिलेर काम गर्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);