प्रधानमन्त्री ओलीलाई राजकीय सम्मानसहित 'गार्ड अफ अनर' प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्रधानमन्त्री ओलीलाई राजकीय सम्मानसहित ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं, २८ बैशाख । भियतनामको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँको राजधानी हानोइमा राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको छ । भियतनामको प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् ।

उनको सम्मानमा त्यहाँको सैनिक टुकडीले गार्ड अफ अनर प्रदान गरेको हो । यसैबीच दुई समकक्षीबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्धका साथै साझेदारीको विषयमा छलफल भएको बताइएको छ ।

छलफलपछि दुई देशबीच कुटनीतिक तथा विशेष राहदानी बहाकहरुलाई भिसा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । यी दुवै सहमतिमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका छन् ।

दुई देशबीच १९७५ मा कुटनीतिक सम्बन्ध स्थापनापछि पहिलो पटक नेपालका प्रधानमन्त्री भियतनामको राजकीय भ्रमणमा गएका हुन् । प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा पहिलो पटक दक्षिण पूर्वी एसियाको भ्रमण पनि हो । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए । त्यसैगरी भेटमा नेपालको पर्यटन प्रवद्र्धृन र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्न भियतनामी पक्षसँग आग्रह गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);