भ्रमणको दोस्रो दिन : मन्त्री र राष्ट्रपतिसँग भेटवार्ता, समकक्षी मोदीसँग संयुक्त पत्रकार सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ८ भदौ । पाँच दिने राजकीय भ्रमणका क्रममा भारतको दिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन्। आज बिहान ९ बजे राष्ट्रपतिभवनमा प्रधानमन्त्री देउवाले भारतीय सेनाको सम्मान गार्ड अफ अनर ग्रहण गर्दै महात्मा गान्धीको समाधिस्थलमा गएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

गान्धीको समाधिस्थलबाट राष्ट्रपतिभवन फर्केर उनले १०:३० देखि आधा घन्टा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका छन् । स्वराजले हिजो प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

 

हिजो बुधबार आकस्मिक भेट गरेका प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच आधा घण्टा हैदराबाद हाउसमा सीमित अधिकारीसहितको औपचारिक भेटवार्ता हुनेछ। त्यसलगत्तै दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता १२ बजेदेखि करिब १ घण्टा हुने बताईएको छ।

 

दिउँसो १:३० बजे देउवा र मोदीले पत्रकारहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नेछन् भने आजै दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ । २:४० मा राष्ट्रपतिभवन फर्केपछि ३ बजे गृहमन्त्री राजनाथ सिंह, ३:३५ मा अर्थमन्त्री अरुण जेट्लीले प्रधानमन्त्रीलाई भेट्नेछन्। त्यसलगत्तै देउवाले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकहाय नायडुसँग भेट गर्नेछन् ।

 

साँझ देउवासँग भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी तथा पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले भेट्ने कार्यक्रम छ । त्यसपछि इन्डिया फाउन्डेसनले आयोजना गरेको अन्तर्क्रिया तथा नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);