न्याय माग्दै शेखर कोईराला र गगन थापा निर्वाचन आयोगमा | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका नेताद्वय शेखर कोईराला र गगन थापा न्याय खोज्दै निर्वाचन आयोगमा पुगेका छन्।

 

केहि दिन अगाडि मध्यरातमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका नेताको घरमा अनधिकृत रुपमा फोटोसहितको मतदाता संकलन भएको विषयलाई लिएर नेताद्धय आयोग पुगेका हुन्। सोहि दिन मतदाता नामावली संकलनको समय सकिसकेको थियो।

 

पूर्व मन्त्री समेत रहेका नेता गगनकुमार थापा सहित कांग्रेस नेता शेखर कोईराला र कार्यकर्ताहरुको टोलीले आज चारबुँदे मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता गराउँदै छानविन गर्न माग गरेका हुन्।