महाधिवेशनको मिति नजिकिएसँगै काँग्रेस नेताहरु बैठकमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महाधिवेशनको मिति नजिकिएसँगै काँग्रेस नेताहरु बैठकमा व्यस्त

काठमाडौं ।  नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिए सँगै नेताहरुले आ–आफ्नो समुहको भेला तथा बैठकहरुलाई तिव्रता दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहको भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशिल सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको छ ।

भेलामा सहमतीको उम्मेदवार छान्नका लागि ढिला गर्नु नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आएपनि सहमती निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताए ।

भेलामा बरिष्ठ नेता पौडेल सहित महामन्त्री शशांक कोईराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिं, रामशरण महत, अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);