रुसको ग्यास प्लान्टमा भीषण आगलागी, ६ चिनियाँसहित सातको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

रुसको ग्यास प्लान्टमा भीषण आगलागी, ६ चिनियाँसहित सातको मृत्यु

रुसको सुदूर पूर्वी क्षेत्रमा अवस्थित अमुर ग्यास केमिकल कम्प्लेक्समा मंगलवार भएको भीषण आगलागीमा परी सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना चिनियाँ नागरिक रहेको प्लान्ट प्रशासनले बुधबार जानकारी दिएको छ । उक्त दुर्घटनामा १५२ जना घाइते भएका छन् भने ९ जना चिनियाँ नागरिक अझै बेपत्ता रहेका छन् । हाल आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि सैन्य विमानमार्फत संघीय चिकित्सा संस्थानहरूमा स्थानान्तरण गरिएको छ । प्लान्टले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्ति अनुसार, घाइतेमध्ये ३६ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्यलाई प्राथमिक उपचारपश्चात् डिस्चार्ज गरिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार आगलागीबाट परियोजनाका मुख्य उपकरणहरूमा कुनै क्षति पुगेको छैन । घटनाको वास्तविक कारण पत्ता लगाउन विज्ञहरूको टोलीले विस्तृत अनुसन्धान शुरु गरेको छ । खाबरोभस्कस्थित चिनियाँ महावाणिज्य दूतावासले आफ्ना नागरिकहरू हताहत भएको पुष्टि गरेको छ । दूतावासबाट खटिएको एक कार्यदल घटनास्थलमा पुगी आवश्यक समन्वय तथा कानूनी प्रक्रियामा सहयोग गरिरहेको छ ।

Leave a Reply